पुत्र शाेकमा परेका दाहाललार्इ समवेदना प्रकट गर्न देउवा पुगे लाजिम्पाटमा

पुत्र शाेकमा परेका दाहाललार्इ समवेदना प्रकट गर्न देउवा पुगे लाजिम्पाटमा

प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्र शोेकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटी आफू र आफ्नो नेतृत्वमा रहेको सरकार तथा पार्टीकोे तर्फबाट हार्दिक समवेदना व्यक्त गरेका छन्।

आसन्न चुनावको प्रचार प्रसारका क्रममा सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणबाट सोमबार राजधानी फर्किएका प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवाले दाहाल निवास लाजिम्पाटमा पुगी पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाल र उनको शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

यसक्रममा देउवाले अचानक हृदयघातका कारण आइतबार निधन भएका माओवादी अध्यक्ष दाहाल पुत्र प्रकाशको फोटोमा पुष्प अर्पण गर्दै मृतकप्रति हार्दिक श्रृद्धाञ्जली व्यक्त गरेका थिए।

त्यसैगरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पनि छोरा प्रकाशको निधनमा शोकमा रहेका दाहाललाई उनकै निवासमा पुगी समवेदना प्रकट गरेका थिए।

संयागवस प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र नेपाल एकै समयमा पुगपछि उनीहरुले दाहालसँग केहीबेर कुराकानी पनि गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा राखिएको प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जलि अर्पण गर्नुहुँदै ।

तस्बिर:रोशन सापकोटा, रासस