साउन ११ देखि देशभर चि मुसि चि

साउन ११ देखि देशभर चि मुसि चि

यही साउन ११ गते शुक्रबार देखि देशभर प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र चि मुसि चि को टिम यतिबेला प्रचारमा जुटेको छ । फिल्मको प्रचारका लागि आएको टोलिले पुर्ण रुपमा सामाजिक घटनाक्रम तथा संगीत तथा नित्यलाई समेटी फिल्म निर्माण गरेको दावी छ ।
फिल्म टोलि नेपालको मुख्य मुख्य सहरमा पुगेर प्रचार प्रसार गर्दै यतिबेला पोखरा आइपुगेको हो ।
फिल्मको बारेमा जान्कारी दिदै निर्माता पदम गुरुङले चलचित्रको नाम हास्य किसिमको रहेपनी चलचित्र भने संगीत नाट्यमा आधारित रहेको बताए । ू हाम्रो फिल्मको नाम सुन्दा कमेडी फिल्म जस्तो लाग्छ तर फिल्म भने पुर्ण म्युजिकल ड्रामा रहेको छ, यसमा कलाकारहरुको छुट्टै भुमिका छू उनले बताए । उनले चलचित्र पारिवार संग समेत बसेर हेर्न मिल्ने किसिमको रहेकाले दर्शक माझ पुगेर नै फिल्म प्रचार प्रसार गरेको बताए । सास्कृतिक कार्यक्रमको दौडाहाकोक्रममा दर्शकहरुको साथ र सहयोग निकै पाएकोले चलचित्र सफल हुने उनको विश्वास रहेको छ । चलचित्रमा नयाँ कलाकारलाइ स्थान दिइएको छ । पछिल्लो समयमा आएर नेपाली चलचित्रमा नयाँ कलाकारहरु बढी उदाएका छन जसले नेपाली चलचित्रलाइ सफल समेत बनाउने गरेका छन । चलचित्र चि मुसि चिमा पनि नयाँ नायक, नायिका तथा कलाकारहरु रहेका छन । गुरुङले निर्माण गरेको चलचित्रको कथा लेखन दिनेश शर्मा, कार्यकारी निर्माता शिवराज, नायक सुनिल क्षेत्री,नायिका अलिसा शर्मा र कलाकार सुसान कार्की, नेपाल आइडलकि सुजता पाण्डे लगायत रहेका छन ।
पोखरामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायिका अलिसा शर्माले विभिन्न म्युजिक भिडियोमा नित्य गर्दै आइरहदा चलचित्रमा पहिलो पटक मुख्य भुमिकामा खेलेको बताइन । सोही क्रममा बोल्दै नायक सुनिल क्षेत्रीले आफुले मुम्बईमा विभिन्न चलचित्रमा साइड डान्सरको रुपमा काम गर्दै आइरहेको बताउदै फिल्ममा नायकको भुमिका दिएकोमा फिल्म टोलिलाई धन्यवाद दिएका थिए ।
चलचित्रको प्रचार प्रसारको लागि उक्त टोलि नेपालका मुख्य मुख्य सहरहरुमा पुगि लाइभ कन्सर्ट समेत गरेको छ ।म्युजिकली ड्रामा निर्माण फिल्म टोलिले देश दौडाहाको रुपमा नेपाली फिल्म जगतमै पहिलो पटक भैरहवामा गएर प्रचार प्रसार समेत गरेको छ भने विर्तामोड, धरान, सर्लाही, हेटौंडा, नारायणगढ, वुटवलमा लाइभ कन्सर्ट गर्दै मंगलवार पोखराको छोरेपाटन र सभागृह चोकमा समेत कन्सर्ट गरेको छ भने बुधबार ९ आज० दमौलीमा कन्सर्ट गर्दै काठमाडौको विभिन्न स्थानमा समेत कन्सर्ट गर्ने निर्माता पदम गुरुङले बताए । करिव ८५ लाख रुपैयाँमा निर्माण गरिएको चलचित्रको छायांकन पोखरा, मौजा, काठमाडौ र वैङ्ककमा भएको छ ।