गौरी मल्ल फेरि प्रधानमन्त्री !

गौरी मल्ल फेरि प्रधानमन्त्री !

अभिनेत्री गौरी मल्ल फेरि प्रधानमन्त्रीका रूपमा देखिने भएकी छिन्। अभिनेत्री मल्ल केही दिनअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय टेलिसिरियल सिंहदरबारको नयाँ संस्करणमा पनि प्रधानमन्त्रीका रूपमा देखिने भएकी हुन्।

सिंहदरबारमा उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको भूमिकामा लोकप्रियता कमाएकी थिइन्। दोस्रो चरणको यो सिरियलमा गौरीलाई प्रधानमन्त्री आशा सिंहका रूपमा देखिनेछ। आशा सिंह एक जनमुखी, बौद्धिक तथा प्रतिबद्ध नेतृ हुन्, जसको उद्देश्य नयाँ संविधानलाई लागू गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्नु र संघीय संरचनामा नागरिक र सरकारको सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हो।

सर्च फर कमन ग्राउन्ड (नेपाल सर्च) ले सिंहदरबारको दोस्रो सिजन तयार पारी प्रसारण गर्न लागेको हो। निर्माणका क्रममा रहेको सिंहदरबारको सिजन–२ लाई निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन्। यसको निर्माण साझेदार शुभ मिडिया होम हो।