

नेपाल, नेदरल्याण्डस् र मेर्लीबन क्रिकेट क्लब बिचको त्रिपक्षिय क्रिकेट भिडन्त जुलाईको अन्तिम साता लर्डसमा हुने भएको छ । एमसीसीले सार्वजनिक गरेको मिति अनुसार तीन टिमले ऐतिहासिक खेल जुलाईको २९ तारिखमा खेल्ने भएका हुन् ।
यसअघि तीन टिम विच त्रिकोणात्मक खेल हुने बताइए पनि मिति तय भएको थिएन । जुलाई २९ आइतबार दिन हुने खेलका लागि नेपाली टिम चार दिन अगाडी बेलायत प्रस्थान गर्नेछ । सन् २०१६ मा पनि नेपालले लर्डसमा एमसीसी विरुद्ध ऐतिहासिक खेल खेलेको थियो ।