

जनकपुरधाम, २२ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताएका छन् ।
नेका जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गरे ।
उहाँले भन्नुभयो – “सबैको अस्तित्वको सम्मान र रक्षाका लागि काँग्रेस सधैँं संवेदनशील रहेको छ । जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ । ” जनकपुरधाम र मधेसको विकासका सवालमा काँगे्रस सरकारले विशेष योजना