काठमाडौ, २२ कार्तिक । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई पूर्णता दिएको छ ।
कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाको संयोजकत्वमा ४३ सदस्यीय समिति गठन गरिएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । समितिको सहसंयोजकमा पार्टीका केन्द्रिय सदस्य बद्री पाण्डे र उपसंयोजकमा बद्री सिग्देललाई जिम्मेवारी दिइएको छ ।
समितिमा होमनाथ दाहाल, पुरुषोत्तम बस्नेत, शोभाकर पराजुली, धर्मेन्द्र झा, पुरुषोत्तम दाहाल, हरिहर विरहि लगायत रहनु भएको छ ।
यस्तै प्रकाश थापा, रमेश विष्ट, दामोदर दवाडी, तेजप्रकास पंण्डित, कविर राणा लगायत ४३ जनाको उपसमिति बनाइएको मुख्य सचिव पौडेलले जानकारी दिए ।
यस अघि हिजो कांग्रेसका कार्यसमिति सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठन भएको केन्द्रीय निर्वाचन परिचालन समितिले आज उपसमितिलाई पूर्णता दिएको हो ।