नेता मल्लद्धारा समाचारको खण्डन

नेता मल्लद्धारा समाचारको खण्डन

काठमाडौं । नेपाली कांग्रेस (वी.पी)संग आबद्ध नेता कर्ण मल्लले राष्ट्रबाणी डट कमले २०७९ बैशाख २९ गते प्रकाशित गरेको एक समाचारमा आफ्नो नाम जोडिएकोमा आपत्ति प्रकट गरेका छन् ।

उनले राष्ट्रवाणी डट कमलाई एक पत्र प्रेषित गर्दै स्थानीय तहको निर्वाचनको मतदानको अघिल्लोे दिन चरित्रमा प्रश्न उठाउने ढंगले आएको समाचारमा कतैबाट प्रभावित छ कि भन्ने विषयमा सम्पादकीय विभागको ध्यान नपुगेको संकेत गर्दै राजनीतिकर्मीहरुको कार्यकर्ता,शुभेच्छुक र मतदातासंग सम्वाद हुनु सामान्य शिष्टाचारको विषय भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो  र   नेत्री कमला विष्टको नाम जोडेर बनाइएको समाचारमा कुनै सत्यता नभएको पनि जिकिर गरेका छन् ।