आइपिएलको रोमाञ्चक खेलमा चेन्नईको जित

आइपिएलको रोमाञ्चक खेलमा चेन्नईको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । आइपिएलमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा चेन्नईले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराएको छ ।

२ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले घरेलु मैदानमा समूहिक प्रदर्शनमार्फत २० ओभरको अन्तिम बलअघि ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्दै जित हासिल गरेको हो । शेन वाट्सन र अम्बाटी रायडुले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेपछि अघि बढेको इनिङलाई रविन्द्र जडेजा र ड्वाने ब्राभोले समान ११ रनमा अविजित रहँदै टुंगाएका थिए ।