तुम्हारी सुलुमा हावा उडाउँदै विद्या बालन

तुम्हारी सुलुमा हावा उडाउँदै विद्या बालन

मुम्बई : विद्या बालन अभिनीत बलिउड चलचित्र तुम्हारी सुलुको चर्चा चुलिँदै गएको छ । चलचित्रमा समावेश हवा हवाई बोलको रिमिक्स गीत सार्वजनिक भएसँगै चलचित्रको चर्चा हुन थालेको हो ।

चलचित्र मिस्टर इन्डियामा श्रीदेवीमाथि खिचिएको चर्चित गीत हवा हवाईकै रिमिक्स भर्सन तुम्हारी सुलुमा समावेश गरिएको हो । यो रिमिक्स गीत पनि पुरानै गीतकी गायिका कविता कृष्णमूर्तिले गाएकी छन् ।

‘हवा हवाई २.०’ मा विद्याको साथमा नेहा धुपिया र आरजे मलिस्का पनि नृत्य गर्दै देखा परेका छन् । यो पार्टी सङमा विद्या निकै मस्त देखिएकी छन् । ‘म पाँच, छ वर्षकी हुँदा रिलिज भएको गीतमा अहिले आफैं नाच्न पाउँदा मलाई निकै रमाइलो लागेको छ’, विद्याले भनिन् ।

तुम्हारी सुलु एउटा कमेडी ड्रामा हो जसमा विद्याले घरेलु महिलाको भूमिका निर्वाह गरेकी छन् जो पनि आर जे बन्छिन् । चलचित्रमा उनको क्यारेक्टर मनमौजी छ । विद्याका पतिको भूमिका मानव कौलले निर्वाह गरेका छन् । सुरेश त्रिवेणी निर्देशित यो चलचित्र नोभेम्बर १७ मा रिलिज हुँदैछ ।