काठमाडौं । विदेशबाट आउने रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती ५ अर्ब ८७ करोडले घाटामा गएको छ । देशबाट बाहिरिने र भित्रने रकम अन्तरलाई शोधनान्तरको रुपमा बुझिन्छ ।
नेपालको निर्यात व्यापार निरन्तर खस्कदो क्रममा छ । देशलाई धान्ने मुख्य स्रोत रेमिटेन्स भदौ महिनासम्ममा ०.७७ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब रुपैयाँको रेमिटेन्स भित्रिएको छ । यो पटक दशैं असोजको पहिलो साता परेको हुँदा रेमिटेन्सको बृद्धिदर भदौमा बढ्नुपर्ने थियो ।