कार्टुनबारे काेमल वलीले मुख खाेलिन्

कार्टुनबारे काेमल वलीले मुख खाेलिन्

काठमाडौँ, १२ कार्तिक । शुक्रबार साँझ सामाजिक सञ्जालमा बाहिरिएकाे एक कार्टुनलाई लिएर अहिले सामाजिक सञ्जालैभर चर्चा र आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष केपी ओली र नेतृ कोमल वलीलाई जोडेर बनाइएको उक्त कार्टुनलाई लिएर आईतबार दिनभर जसो नै सामाजिक सञ्जालमा चर्चा परिचर्चा भयो ।

सञ्चारकर्मी एवं कलाकर्मी समेत रहेकी वलीले उक्त कार्टुनका बारेमा आफ्नो ट्विटर मार्फत प्रतिकृया नै दिएकी छिन् । ट्विटरमा लेख्दै उनले आफुसंग जोडेर बनाएको कार्टुनले कलाकारितालाई नभई लैङिगक सम्मानताको खिल्लि उडाएको बताइएन् ।

उनले लेखेकी छिन् “यो कुनै कलाकारिता होइन बरु लैङ्गिक सम्मानको निकृष्ठ उपहास हो ।”
राजनीतिक अधिकारको हनन् मात्र होइन अभिब्यक्ति स्वतन्त्रताको दुरुपयोग हो ।

यस्तै सोहि कार्टुनलाई लिएर कुन्ति पोखरेलले पनि ट्विटरमा लेख्दै पुरुषसंग जोडेर महिलाको मजाक उढाउनु कलाकारिताको दरिद्रपन रहेको बताइन् । उनले लेखेकी छिन् “कलाकारिताको दरिद्रपन देखियो आज । पुरुषसंग जोडेर महिलाको मजाक गर्ने तपाइको त्यो सोच एक पटक आफ्ना घरको दिदीबहिनीको बनाएर हेर्नुस, कस्तो देखिन्छ ।”