काङ्ग्रेस महाधिवेशन अपडेटः ४५ जिल्लाका सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली ‘इन्ट्री’

काङ्ग्रेस महाधिवेशन अपडेटः ४५ जिल्लाका सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली ‘इन्ट्री’

काठमाडौं, २ जेठ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा क्रियाशील सदस्यताको चासो पनि बढ्दो छ । वैशाख मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि छुट्याइएको समयावधिमा ४५ जिल्लाबाट मात्रै सदस्यको नामावली सूचीकृत भएको काङ्ग्रेस पार्टी कार्यालयले जनाएको छ ।

निर्धारण गरिएको समय भित्र ३२ जिल्लाबाट अझै क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन सकेको छैन । हालसम्म सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली सूचीकृत गरिएको छ । क्रियाशील सदस्य टुंग्याउन बाँकी रहेका सबैभन्दा धेरै स्थान प्रदेश २ का छन् । प्रदेश २ का आठवटै जिल्लाले क्रियाशील सदस्यता टुंग्याएर नामावली पठाउन सकेका छैनन् ।

क्रियाशील र नवीकरण गरी ४५ जिल्लाका ८० स्थानबाट सदस्यको नामावली केन्द्रमा आएको नेपाली काङ्ग्रेसले जानकारी दिएको छ । काङ्ग्रेसले आगामी २०७८ भदौ ७ देखि १० मा गर्नेगरी १४ औं महाधिवेशनको मिति तय गरिसकेको छ । कोरोना भाइरस महामारी फैलिँदै जाँदा काङ्ग्रेसको आसन्न महाधिवेशन र वैधानिकताको विषय पेचिलो बन्ने देखिएको छ ।