आज थपिए ९ सय ७९ कोरोना संक्रमित, ११ जना संक्रमितको मृत्यु

आज थपिए ९ सय ७९ कोरोना संक्रमित, ११ जना संक्रमितको मृत्यु

काठमाडौं, २२ भदौ । नेपालमा पछिल्लो २४ घन्टामा ९ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थपिएका ९ सय ७९ जनासहित देशभर संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

संक्रमितमध्ये ३० हजार ६ सय ७७ जना निको भएर घर फर्किएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार २ सय ५९ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट ३ सय जनाको मृत्यु भएको छ । नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १६ हजार २ सय ५९ छन् । त्यसैगरी ४ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् ।