काठमाडौं, २० भदौ । पछिल्लो २४ घन्टामा नेपालभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा थप ४०८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।