२४ घन्टामा ११ सय २० जनामा कोरोना संक्रमण, १२ कोरोना संक्रमितको मृत्यु

२४ घन्टामा ११ सय २० जनामा कोरोना संक्रमण, १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १७ भदौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। यो संख्यासहित मृत्यु हुनेको संख्या २५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।