नेपालमा थपिए ८ सय ९९ संक्रमित, काठमाडौं उपत्यकामा मात्र २९८ जना भेटिए

नेपालमा थपिए ८ सय ९९ संक्रमित, काठमाडौं उपत्यकामा मात्र २९८ जना भेटिए

काठमाडौं, १५ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् । नेपालभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले ३ महिला र ४ पुरुषसहित ७ जनाको मृत्यु भएको जनाएको छ । कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।

यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।