एकै दिनमै ३ सय ३४ थपिए कोरोना संक्रमितः २ हजार ६ सय ३४ जनामा संक्रमण हुँदा मृतकको संख्या १० पुग्यो

  • 69
    Shares
एकै दिनमै ३ सय ३४ थपिए कोरोना संक्रमितः २ हजार ६ सय ३४ जनामा संक्रमण हुँदा मृतकको संख्या १० पुग्यो

काठमाडौं, २२ जेठ । नेपालमा थप ३ सय ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । देशका बिभिन्न २१ स्थानमा गरिएको जाँचका क्रममा थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै अहिलेसम्म देशभरि सङ्क्रमतिको कुल सङ्ख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो । तीमध्ये २ सय ९० जना निको भइसकेका छन् । अहिले देशमा सबै प्रदेशमा कोभिड १९ को संक्रमण देखिसकेको छ भने प्रदेश नं २ र ५ सर्वाधिक प्रभावित भएको देखिएको छ ।

क्वारेन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ । नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार विगत २४ घण्टामा ३,८६७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म पिसीआर बिधिबाट ८४ हजार १ ुय ३४ र आरडिटी बिधिबाट १ लाख २५ हजार ५ सय ६४ परिक्षण भएको छ ।