कोभिड–१९ः मुलुकभर कोरोना र्‍यापिड टेष्टलाई बढाइने (भिडियो)

कोभिड–१९ः मुलुकभर कोरोना र्‍यापिड टेष्टलाई बढाइने (भिडियो)

काठमाडौं, ५ वैशाख । नेपाल सरकारले मुलुकका बिभिन्न स्थानमा कोरोना र्यापिड टेष्टलाई बढाउने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले प्रदेश तहमा कोरोना र्यापिड टेष्टलाई बढाउने निर्णय गरेको हो ।

बैठकमा सातै प्रदेशको अवस्थाका बारेमा समिक्षा भएको थियो । टेष्टलाई प्रभावकारी रुपमा अघि बढाउने रुपमा बढाउने र थप स्वास्थ्यकर्मी खटाउने तथा सामाग्रीहरु थप प्रदान गर्ने निर्णय भएको समितिका प्रवक्ता एवं मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

उहाँले सरकारी नीजि तथा छात्रबृतिबाट बिदेश पढेर आएका चिकित्सकलाई पनि परिचालन गर्ने निर्णय भएको बताउनुभयो । बैठकमा बिभिन्न राजमार्गबाट हिडेर गएका नागरिकको बारेमा छलफल भएपनि कुनै निर्णय नभएको र होम क्वारेन्टाइनमा बसेर नै लकडाउनलाई सफल बनाउनुपर्ने समितिको ठहर छ ।

भिडियाे हेर्नुहाेस्