कोरोना भाइरसबिरुद्धको सबै कार्यक्रममा खटिन विद्यार्थीहरुलाई नेविसंघ स्याङ्जाको आग्रह

कोरोना भाइरसबिरुद्धको सबै कार्यक्रममा खटिन विद्यार्थीहरुलाई नेविसंघ स्याङ्जाको आग्रह

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति स्याङ्जाले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको सचेतना कार्यक्रममा खटिन सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

शनिवार जिल्ला अध्यक्ष अजित क्षेत्रीले एक बिज्ञप्ती जारी गर्दै कार्यसमितीका पदाधिकारीहरु, जिल्ला सदस्यहरु, गाउँ र नगर सभापतिहरु, क्याम्पस इकाइका सभापतिहरु र बिद्यालयका सभापतिहरु लगायत सम्पूर्ण लोकतान्त्रिक विद्यार्थीहरुमा देशमा सिर्जना भएको विपत्को समयमा एकजुट हुन आह्वान गरेका हुन् ।

बिज्ञप्तिमा भनिएको छ,‘ यस बिषम परिस्थितिमा म नेपाल बिधार्थि संघ स्याङ्जासंगआवद्ध जिम्मेवार साथिहरुलाइ नेपाल सरकारले गरेको बन्दाबन्दि (लकडाउन) को पूर्णपालना गर्न, गराउन, स्थानिय सरकारले पहिचान गरेका गरिब, असहाय र दैनिक जीवनयापन गर्नका लागि जटिल परिस्थिति भएका व्यक्ति र घरपरिवारलाई राहत वितरण कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउनका साथै दैनिक अत्यावश्यक सामग्रीहरुको उपलब्धता सुनिश्चितताका लागि आफ्नो सुरक्षाका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले निर्देश गरेको सामाजिक दुरी कायम गर्दै आफ्नो सम्बन्धित पालिकाको, वार्ड र टोलमा स्थानीय सरकार र जनप्रतिनिधिहरुसंग समन्वय गर्दै स्वयमसेवकको रुपमा क्रियाशिल रहन आग्रह गर्दछु ।’

संघले बिज्ञप्ति मार्फत यसरी खटिदा ध्यान दिनुपर्ने कुराहरुका बिषयमा ११ बुँदा सहित सुल्झाएको समेत छ । कोरोना बिरुद्धको लडाईमा आफूहरुले वडा, स्थानीय तह, प्रदेश सरकार सहित सम्पूर्ण निकायलाई आफूहरुले सदैव साथ दिन तयार रहेको बताए । उनले विद्यार्थी समूहबाट जिल्लाले स्थापना गरेको कोरोना राहत कोषका लागि रकम समेत जम्मा गरिरहेको जानकारी समेत दिए ।