‘लकडाउन’ काे ११औं दिनः काठमाडौंलगायत मुलुकका मुख्य शहर सुनसान (भिडियो)

‘लकडाउन’ काे ११औं दिनः काठमाडौंलगायत मुलुकका मुख्य शहर सुनसान (भिडियो)

काठमाडौं, २१ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको एघारौ दिन पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

सरकारले अर्को मंगलबारसम्मका लागि लकडाउनको अवधी बढाएसँगै धेरै सर्वसाधारणहरु पनि यसको पालना गरिरहेका छन् । तर, पछिल्लो दिन केहि स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ । गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ ।

यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ नियन्त्रणमा लिदै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । यसैक्रममा सरकारले आजदेखि लकडाउन केही खुकुलो पनि बनाएको छ । त्यस्तै लकडाउनका क्रममा बिपन्न परिवारहरुलाई बिभिन्न स्थानमा स्थानीय तहले राहत बितरण गर्दै आएका छन् ।

भिडियाे