लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी प्रहरीको नीति परिवर्तन {भिडियाे}

लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी प्रहरीको नीति परिवर्तन {भिडियाे}

काठमाडौं, १६ चैत । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो ।

सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरीले जनाएको छ । यसले नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिइएको प्रहरीको भनाई छ । सरकारले कोरोनारोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो ।