कोरोनाको संक्रमणबाट नआत्तिनुहोस्, बच्न यस्ता सावधानी अपनाउनुहोस् (हेर्नुहाेस्)

कोरोनाको संक्रमणबाट नआत्तिनुहोस्, बच्न यस्ता सावधानी अपनाउनुहोस् (हेर्नुहाेस्)

काठमाडौं, १९ फागुन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको घोषणागरेसँगै नेपालमा पनि यसको सन्त्रास फैलिएको छ ।

अहिले चिया पसल चोक चोकमा कोरोनकै चर्चा छ । नेपालमा पनि आयो हो कोरोना भनेर धेरैले सोध्छन् । ल अब के गर्ने होला डर आफैमा पनि छ । यतिबेला आएर कोरोना रोकथामको लागि नेपाल सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ ।

अहिले कोरोनाबाट बच्ने उपायहरुभनेर प्रचार पनि व्यापक गरिएको छ । जुन प्रत्येक नागरिकले गर्ने कर्तव्य पनि हो । नेपाल सरकारले बहुमहत्वकांक्षी नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । त्यसैगरी सगरमाथा संवाद पनि रोकिएको छ । कोरोनाबाट बच्न सबैले सचेतना भने अपनाउनै पर्छ ।

कोरोनाको संक्रमणबाट बच्ने उपायहरु:

१ घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा तथा फेस मास्क अनिवार्य लगाऔं ।

२एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनस् दोहर्याएर प्रयोग नगरौं वा दैनिक सफारपरिवर्तन गरौंं ।

३ घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौंं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौं तथा दैनिक रुपमा सफा राखौं ।

४ घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौं वा खोलीसकेपछिरबन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं वा ज्बलम क्बलष्तष्शभच को प्रयोग गरौं ।

५ ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔं ।

६ घरका सबै सदस्यले आ-आफ्नै टुथब्रस, थालीरप्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ ।

७ सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौं ।

८ रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौंं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔंं ।

९ घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं ।

१० एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनस् प्रयोग गरौं ।

११ खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔं ।

१२ यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै क्ष्कयबितष्यल च्ययm मा राखी उपचार गरौंं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौंं ।

१३ दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरीर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौंं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।