समानताको पुस्ता : प्रतिबद्ध युवा दस्ता नाराका साथ दुईदिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न

समानताको पुस्ता : प्रतिबद्ध युवा दस्ता नाराका साथ दुईदिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न

काठमाडौं, ८ माघ । ‘समानताको पुस्ता : प्रतिबद्ध युवा दस्ता’ नाराका साथ राजधानीमा दुईदिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । सातै प्रदेशका दुई सय युवाहरुको सहभागितामा आज उक्त सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले देशका हरेक कुनाकाप्चामा विभिन्न समस्या सामना गरिरहेका युवाहरूको एकीकृत आवाजलाई सरोकारवालासामु पुर्याउन घोषणा पत्र अनुमोदन भएको छ ।

नेपाल सरकार, राष्ट्रिय युवा परिषद्को सहकार्यमा साथी, जागृति बाल तथा युवा सरोकार नेपाल, बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जाललगायत संस्थाको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनमा जोड दिएको छ ।

सन् १९९१मा नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघको महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धि (सिड), सन् १९९४मा भएको जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिओडी), सन् १९९५मा भएको चौथो विश्व महिला सम्मेलनले अपनाएको बेइजिङ घोषणापत्र, सन् २०१५को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव २२५०, महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव १३२५, २०७२मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथ भिजन २०२५ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनमा सम्मेलनले जोड दिएको छ ।

लैंगिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासको महत्वपूर्ण समयक्रम पूरा भएको उत्सवका रूपमा पनि जोडेर अन्तरपुस्ता, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य, देशमा रहेका विभिन्न प्रणाली, संरचना, नीति तथा अभियानमा हाम्रो प्रतिक्रिया, मानसिकतामा परिवर्तन, रुढिवादी धारणामाथि सम्बोधन, शान्ति, सुरक्षाजस्ता विविध पाटामा गहन छलफलका साथ यस सम्मेलनमा सहभागी युवा, किशोरकिशोरी र बालमैत्री वातावरणको सिर्जनाका लागि थप जागरुक र सशक्त भएको बताएका छन् ।

Generation Equality: National Youth Conference

समानताको पुस्ताः प्रतिवद्ध युवा दस्ता
राष्ट्रिय युवा सम्मेलन, २०२०
घोषणा–पत्र


“समानताको पुस्ताः प्रतिवद्ध युवा दस्ता” नाराका साथ नेपालका ७७ वटै जिल्लाका युवाहरूको भेला सहित जनवरी २१ र २२, २०२०मा ललितपुरमा राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ ।उक्त सम्मेलले सन् १९९१ मा नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघको महिला माथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धी ( सिड ), सन् १९९४ मा भएको जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ( आइसिओडी ), सन् १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले अपनाएको बेइजिङ घोषणापत्र , सन् २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव २२५०, महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव १३२५, २०७२ मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथ भिजन २०२५, जस्ता विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरूकाकार्यन्वयनमा जोड दिँदैआ–आफ्नो क्षेत्रमा काम गरिरहेका हामी २०० जना युवाहरूको जमघट गराउन सफल रह्यो ।

लैङ्गिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासहरूको महत्वपूर्ण समयक्रम पूरा भएको उत्सवका रूपमा पनि जोडेरअन्तरपुस्ता, लैङ्गिक समानता, यौन तथा प्रजनन् स्वास्थ्य, देशमा रहेका विभिन्न प्रणाली, संरचना, नीति तथा अभियानहरूमा हाम्रो प्रतिकृया, मानसिकतामा परिवर्तन, रुढिवादी धारणामाथि सम्बोधन, शान्ति, सुरक्षा, जस्ता विविध पाटाहरूमा गहन छलफलका साथ यस सम्मेलनमा सहभागी हामी युवाहरू, युवा, किशोरकिशोरी र बाल मैत्री वातावरणको र्सिजनाका लागी थप जागरुक र सशक्त भएका छाैँ । यस सम्मेलनपश्चात,देशका हरेक कुनाकाप्चामा विभिन्न समस्याहरूसँग सामना गरिरहेका हामी युवाहरूको एकिकृत आवाजहाम्रा आह्वानहरू र आफ्ना प्रतिबद्धताहरूका रूपमा सरोकारवालाहरूका सामु पुर्याउन यो घोषणा पत्र अनुमोदन गरेका छाैँ ।

हाम्रा आह्वानहरू :

१. विद्यमान लैङ्गिक असमानता, विभेद र हिंसाको अन्त्य गर्न, महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (१९७९),बेइजिङ्ग घोषणापत्र (१९९५), र जनसङ्ख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी (१९९४)मा नेपालले प्रतिबद्धता जनाए अनूरुप र दिगो विकास लक्ष्यको अवधारणा अनुसार सन् २०३० सम्ममा ५०/५० को सहभागितालाई प्राप्त गर्ने गरी,युवा परिचालन तथा सहभागिताका साथ विद्यमान ऐन, नियम, नीति निर्देशन र कार्यान्वयन तह लगायतका क्षेत्रहरूमा लैङ्गिक मूलप्रवाहीकरण गरी सो अनुरुप लक्ष्य निर्धारण गर्न नेपाल सरकारसँग आह्वान गर्दछौँ ।

२. गरीब, वेरोजगारी, असमानताबाट पीडित, अवसरबाट बञ्चित, कुलतमा परेका, औपचारिक शिक्षा नपाएका, जीवनको लक्ष्यबारे अन्यौलमा परेका, रुढिवादी धारणा भएको पितृसत्तात्मक समाजमा हुर्किएका तथा अन्य समस्याका घेरामा बाँचिरहेका युवाहरूलाई आवश्यक परामर्श गरी ,अदक्ष तथा अद्र्ध–दक्ष युवाहरूलाई वैदेशिक रोजगारीका लागि निरुत्साहित पारीउनीहरूले चाहे अनुसारको र समाजमा प्रतिफल दिने खालको कार्यमा, देशमै बसी केहि गर्ने अवसरको सिर्जना तथा उद्यमशिलताको प्रबद्र्धन , युवाहरुमा प्रशस्त लगानी सहितस्थानीय स्तरमा गरियोस् ।साथैविदेश पलायन भएका युवाहरुको लागी सुरक्षित र सम्मानजनक आप्रवासको व्यवस्था गरियोस् ।
३. सुरक्षित गर्भपतन सेवा निशुल्क प्रदान गर्ने घोषणा अनुरूप सुरक्षित गर्भपतन सम्बन्धी छुट्टै बृहत् कानूनको निर्माण गरी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि ठोस व्यवस्था गरियोस् । साथै विद्यमान कुरीति र कुसंस्कारहरूअन्त्य गर्नमा सघाउ पुर्याउने यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अनिवार्य गरी युवामैत्री स्वास्थ्य सेवा सर्वत्र उपलब्ध गरियोस् ।

४. राज्यका हरेक तह, निकाय तथा संरचनाहरूमा युवाहरूको अर्थपूर्ण र समानुपातिक समावेशी सहभागिता र उनीहरूको नेतृत्वको सुनिश्चित गर्न संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको बैठकद्वारा पारित युवा, शान्ति र सुरक्षा सम्बन्धी संकल्प २२५० र महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघीय संकल्प प्रस्ताव १३२५ को कार्यान्वयनको लागि जोडदार माग गर्नुका साथै राज्यका नीति तर्जुमा तथा कार्यक्रम कार्यान्वयन तहमा युवाहरूको कम्तीमा ३० प्रतिशत सहभागिताको व्यवस्था गरियोस् ।

५. युवाहरूलाई गुणस्तरीय, प्राविधिक तथा सीपमूलक शिक्षाको आवश्यकता रहेकोले राज्यले यसतर्फ विशेष ध्यान दिई प्रत्येक प्राविधिक तथा सीपमूलक शिक्षालयहरूमा आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि पारिएका युवाहरूको लागि निःशूल्क अध्ययन्को व्यवस्था गरियोस् । साथै युवालाई स्वरोजगार तथा उद्यमी बनाउन गठित युवा स्वरोजगार कोषको क्षमता तथा दक्षतामा वृद्धि गर्दै सबै प्रदेशहरूमा यसको संरचना बिस्तार गरी देशभरीकै युवाहरूको उक्त कोषमा पहूँच स्थापना गरियोस् ।

६. यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिचान सहित सम्मानपूर्वक अन्य नागरिक सरह जीवनयापन गर्न पाउने, विवाह गर्न पाउने अधिकारको सुनिश्चित गरियोस् भनी माग गर्दछौँ ।

७. अपाङ्गता भएका व्यक्तिहरू विरुद्ध हुने सबै प्रकारका मानव अधिकार हनन् तथा उल्लङ्घनका कार्यहरूलाई कानूनी रूपमा नै प्रतिबन्धित गरी उचीत रोजगारीको व्यवस्था गरियोस् ।

८. सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउदै सामाजिक सुरक्षासम्बन्धी सेवार सुविधाहरूलाई सरल, सहज, वैज्ञानिक तथा पारदर्शी बनाईयोस् । तीनै तहमा बालबालिका, किशोरकिशोरी र युवामैत्री कार्यक्रम, नीति र संरचना सुनिश्चित गरियोस् ।

९. जलवायु परिवर्तनको नकारात्मक असरबाट प्रभावित गरिब तथा जोखिममा परेका समुदायहरूको अनुकूलनक्षमता अभिवृद्धि गर्न संरक्षणात्मक उपायहरूका आधारमा युवाहरुको सहभागितामा राज्यले ठोस नीति अवलम्बन गरी तत्काल कार्यान्वयन गरियोस्।

१०. बाल विवाह, तेजाब आक्रमण, यौन हिंसा, बलात्कार, श्रमशोषण , बेचविखन , छाउपडि, सामाजिक संजालका प्रयोगबाट हुने हिंसा, दुव्र्यवहार अन्त्यको लागिनीति तथा कार्यक्रमहरूको प्रभावकारी व्यवस्थापन र कार्यान्वयन गरियोस्।

हाम्रा सवालहरूको समाधान र समान तथा व्यवस्थित समाज निर्माणका लागि हामी निम्न लिखित प्रतिबद्धता व्यक्त गर्दछाैँ ।

हाम्रा प्रतिबद्धताहरूः


– युवा, महिला तथा बालबालिकाको लागि विश्वव्यापी रूपमा भएका प्रयासमा र लैङ्गिक समानता तथा महिला र किशोरीको सशक्तिकरणको अभियानमा आफ्नो स्तरबाट हामी लगावका साथ लाग्नेछौँ ।

– सरकारी तथा नागरिक सघंसगठनकाकार्यक्रम र अभियानमा हाम्रो सकारात्मकभूमिका निर्वाह गरी दिगो विकास लक्ष्य २०३० र १५ ‌ओै‌ं आधार योजना पुरा गर्न आवश्यक नीति र योजनाका साथ कार्यन्वयनमा अर्थपूर्ण रूपमा सहभागी हुनेछौँ ।

– घर, परिवार र समाजमा सकारात्मक विचार, रहनसहन र चालचलनको प्रबद्र्धन गरी, वर्ग, लिङ्ग, जातजाति, भाषा, धर्म जस्ता समाजिक वर्गीकरणबाट माथि रहेरहरेक नागरिकको उचत्तम हितको लागि वकालत गरी देशमै रहेर उद्यमशिलताको विकास गर्नेछौँ ।

– सूचना र प्रविधिको सही प्रयोग गरी आफ्नो सीप वृद्धि हुने खालका हरेक अवसरहरूको उपयोग गर्नेछाैँ र वयस्कहरूको सल्लाह सहित व्यक्तित्व विकास र देश निर्माणमा लाग्नेछौँ ।

– आफ्नो स्थानीय सरकारमा शान्ति, सुरक्षा र सुशासन कायम गर्नको लागि मुख्य भूमिका खेली, भावी नेतृत्वको रूपमा सामाजिक विकासमा, निजि स्वार्थबाट टाडिएर लाग्नेछौँ ।

– युवाको जाँगर,समृद्धिको आधारलाई सार्थक तुल्याउन यो आर्थिक वर्ष युवाहरूको परिचालन र लैङ्गिक हिंसा विरुद्धको वर्षका रूपमा मनाईरहेको अवस्थामा, यी योजनाहरू र अभियानहरू हरेक स्थानीय स्तरमा पुर्याउन र सफलतापुर्वक सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।

– हामी लैङ्गिक हिंसा , दुव्र्यवहार , बालविवाह , बेचविखन तथा अन्य अन्याय हुने किसिमका घटनाहरु गर्दैनौँ र स्थानीय तहमा घटेका यस्ता घटनाहरु तुरुन्त सम्बन्धित निकायहरुमा जानकारी गराई आवश्यक व्यवस्थापनको लागी पैरवी तथा समन्वय गर्नेछौँ ।