राष्ट्रिय वाणिज्य बैंक गल्याङ्बजार शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

  • 1
    Share
राष्ट्रिय वाणिज्य बैंक गल्याङ्बजार शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

स्याङ्जा, २८ पुस । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गल्याङ्बजारले स्याङ्जाको गल्याङ् नगरपालिका ११ जिमुहा स्थित श्री गल्कोट मा.वि. मा संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गल्याङ् नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शंकरदेव अधिकारीको सभापतित्वमा संचालन भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण प्रसाद डुम्रेको प्रमुख अथित्यमा रहेको थियो ।

विद्यालयका शिक्षक लिला राम ज्ञवालीले संचालन गर्नुभएको कार्यक्रममा विद्यालय प्रधानाध्यापक विष्णुप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त राख्नुभएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गल्याङ्बजारका शाखा प्रबन्धक नविन अर्यालले बैंकको सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रमको वारेमा प्रकाश पार्नुभयाे ।

उहाँले नेपालको बैंकिङ् विकासक्रम, हाल नेपालमा बैंक तथा वित्तीय संस्थाको उपस्थिती, बैंकले प्रदान गर्ने सेवा तथा बैंकबाट कारोवार गर्दा हुने फाइदा र बैंकिङ कारोवारमा ध्यान पुर्‍याउनु पर्ने कुराहरुको बारेमा जानकारी गराउनुभयो ।

बैंकका सहायक शाखा प्रबन्धक सुनिल थापाले राष्ट्रिय वाणिज्य बैंकको स्थापना, विकासक्रम तथा बैंकले प्रदान गर्दै आएका सेवा सुविधाको सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वित्तीय साक्षरत प्रश्नोत्तर प्रतियोगिता पनि गराइएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेलाई क्रमश गोल्डमेडल, सिल्भर मेडल, व्रोजन मेडल र सान्तवना मेडल प्रदान गरिएको थियो ।

बैंकले विद्यालयका करिव ९० जना गरिब तथा जेहन्दार, शारिरीक असक्षमता भएका तथा दलित विद्यार्थीलाई स्टेशनरी प्रदान गर्नुका साथै विद्यालयका लागि तातो चिसो पानीको व्यवस्था हुने वाटर डिस्पेन्सर हस्तानान्तरण गरेको थियो ।