स्वास्थ्यमा सुधार भइरहेको छ, शुभेच्छा प्रकट गर्नुहुनेलाई धन्यवादः प्रधानमन्त्री

स्वास्थ्यमा सुधार भइरहेको छ,  शुभेच्छा प्रकट गर्नुहुनेलाई धन्यवादः प्रधानमन्त्री

काठमाडौं, १२ मंसिर । गत मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

यसैबीच ओलीले आज आफ्नो ट्वीटर ह्यान्डलबाट ट्वीट गर्दै आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको बताउनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यस्थिति बारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ।