याे तीजमा सिर्जनालाई केल्ले सुहायो (हेर्नुहाेस्)

याे तीजमा सिर्जनालाई केल्ले सुहायो (हेर्नुहाेस्)

काठमाडौँ । गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालले तीजको दोश्रो कोशेली ‘ केल्ले मलाई सुहायो’ बजारमा ल्याएकी छन् । आफ्ना सिर्जनामा मौलिकता प्रश्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत ‘माइतीको आँगनी’ लाई सर्बत्र रुचाइएको थियो । ‘पिंढी राम्रो जाँतोले, घरको शोभा ढिंकीले’ ‘केल्ले मलाई सुहायो रातो टिकीले’ उनका सिर्जनामा मौलिकता भेट्न सकिन्छ ।

तीजका गीतहरुमा जति आधुनिकता भित्रिएपनि मौलिकतालाई रुचाउने दर्शक श्रोता पनि रहेको उनको विश्वाश छ । ‘बारी राम्रो तोरीले, घर उजेलो छोरीले,’ ‘केल्ले मलाई सुहायो फुर्के डोरीले’ महिलाले गर्ने शृंगारका कुराहरु उनले गीतमा व्यक्त गरेकी छन् । फ्याट्टफुट्ट पत्रपत्रिकामा समेत कलम चलाउने उनले अहिले घरपरिवारलाई समय दिएको भएपनि संचारकर्मबाट चटक्कै माया मार्न भने नसकेको बताइन । यसघि उनि पाल्पाको श्रीनगर एफ एम, काठमाडौँमा मैत्री एफ एम हुँदै त्यसपछि इमेज च्यानलमा प्रस्तोता थिइन् । पाल्पामा जन्मिएकी थापाले पहिले २०६० को दशकमा ‘पाल्पा धैरेनी’ त्यसपछि ‘तानसेन राम्रो टुँडिखेलैले’ ‘सानु म त आएँ तिम्रो छेऊँ’ बोलका गीत गाएकी छन् ।