-आदित्य भण्डारी –
बुटवल । पछिल्लो सांगीतिक बजारमा जति दुख दिन सक्छौ देउ लगायत दर्जनौ गीतसंगीतमा आफ्नो आवाज भर्दै आउनु भएका संगीत मगरको अर्को सांगीतिक कोशेली जति माया दिन सक्छौ देउ यहि असार १ गते रीलिज हुने भएको छ ।
गुल्मीको रिमुवामा जन्मेर सांगीतिक क्षेत्रमा लागेका मगरको उक्त गितमा संगीत मगर र रुपा जिएम साथै बाल कलाकार रबिना सुनुवार र गौरब बिकको रहेको छ भने शब्द बिश्नु सिन्जाली मगरको र लय संगीत मगरको रहेको छ ।
सगुन फिल्मस् ब्यानरमा बनेको उक्त गीतको भिडियो छायांकन गुल्मीको विभिन्न स्थानहरु रिडि रुद्रबिनी चोयगा लगायत संगीत मगरको जन्म स्थान रिमुवामा गरिएकाे छ । भिडियो छायांकन राजिब केशीले गरेका हुन् भने भिडियो निर्देशन आदित्य भण्डारीले गरेका हुनर । जति माया दिन सक्छौ देउ सगुन फिल्मस्को युटुब च्यानल बाट असार १ गते बेलुका ५ बजे प्रसारण हुने बताइएकाे छ ।