‘मेरो पैसा खोई ?’को बिशेष प्रदर्शन, सकारात्मक प्रतिक्रिया

‘मेरो पैसा खोई ?’को बिशेष प्रदर्शन, सकारात्मक प्रतिक्रिया

काठमाण्डौ। नेपाली चलचित्र ‘मेरो पैसा खोई ?’को बिशेष प्रदर्शन गरिएको छ । रिलीजको अघिल्लो दिन मंगलबार साँझ आयोजित शोमा चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

असोज ११ मा उपत्यका र असोज २० मा मोफसलमा लाग्ने यो चलचित्रले मंगलबारको बिशेष शो बाट सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्र हेर्नेहरुले चलचित्रले निराश नबनाएको बताएका छन् । चलचित्र कमेडी जनरामा बनाईएको छ ।

रोज राणाले निर्माण र निर्देशन गरेको यो चलचित्रमा यौन व्यावसायमा संलग्न महिलाहरुको कथा छ । चलचित्रमा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ्, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ ।