

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा एक दशकदेखि सक्रिय सामाजिक अभियान्ता एवम् गायक द्रोण पराजुलीले संगीतमा विकासबादी नयाँधार भित्राएका छन् ।
उनले बनाएको ४ मिनेट २२ सेकेन्ड लामो गीतमा प्रेम, परिवार, विश्वास र आपसी साथले मात्र बल्ल देश विकासको महान् लक्ष्य पूरा गर्न सकिने परिकल्पना गरिएको छ ।

आफ्नो डिग्रिको अनुसन्धानले जन्माएको विचार र त्यसको सिद्धान्तबाट जन्मिएको यो नयाँ धारले हालसम्मको धोका, भ्रष्टाचार, अविकासलाई संसोधन गरी एकता, सहकार्यले विकासको यात्रा पुरा गर्न सक्छ जहाँ प्रेम र उर्जाले युगल जोडीहरु निर्माण र विकासमा जुटे भने जिवन, परिवार, समाज र समग्र देशको समृद्धि र विकास सम्भव रहने कुरामा विश्वास राख्दै शब्द, संगीत र गायनको प्रस्तुति दिएको बताउनछन् गायक पराजुली ।

निराशामा आशा, धोकाको बदला प्रेम, गरिबीको साटो समृद्धि, बेरोजगारीको साटो रोजगारी र उद्योगी बनाउन र सम्पन्नता तिर देशलाई नेतृत्व प्रदान गर्न अव साहित्य, गीत संगीत पहिलो केन्द्रविन्दु हुनुपर्छ भन्ने उद्धेश्यका साथ स्थापना भएको विकासबादी साहित्य प्रतिस्ठानले एउटा सामाजिक अभियानकै रुपमा अब यस धारको गीत संगीत र साहित्य निरन्तर प्रस्तुत गर्दै जाने पराजुलीले बताएका छन् ।
यो हप्ता उनले विकासबादी साहित्य प्रतिष्ठान मार्फत् विकासबादी संगीतको स्वाद बोकेको लिरिकल गीत युट्युव मार्फत सार्वजनिक गरेका छन् ।
भिडियो हेर्नुहोस्
आउ प्रिय अव संगै देश बनाउन
विकास र समृद्धिको जोश खन्याउन
तिम्रो मेरो माया मिले नव निर्माण हुन्छ
गाउँ, बस्ती शहरको मनमुटु छुन्छ
उद्योग र रोजगारीले देश झुलाउनुछ
सवै अट्ने माला बुनी राष्ट्र फुलाउनुछ
जात बाद भूगोलको सीमा नागेर
नेपाली हौँ बन्छ नेपाल उठौँ जागेर
आउ अव संग संगै अभियान थालौँ
समृद्धयो नेपालको आशा दीप बालौँ