-राष्ट्रवाणी विशेष-
आज विक्रम संवत् २०७४ साल आश्विन ९ गते सोमबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को पञ्चमी तिथि दिवा १।२६ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । अनुराधा नक्षत्र अहोरात्र रहने छ । यसैगरी आज विष्कुम्भ योग र कौलव करण रहेको छ । सूर्योदय प्रातः ५।५४ बजे छ भने सूर्यास्त बेलुका ५।५५ बजे हुने छ ।
आज चन्द्रमा वृश्चिकक राशिमा रहने छन् । उत्तर र पश्चिम दिशाको यात्रा आज शुभ फलदायी रहने छ । आज दुर्गा पक्षको पाचौ दिन हो । आज स्कन्दमाता भगवतीको विशेष उपासना गर्ने दिन हो ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
सम्पर्क : ९८०३३४४४६४