नेपाल–भारत संयुक्त आयोगको बैठक नेपालमा

नेपाल–भारत संयुक्त आयोगको बैठक नेपालमा

काठमाडौं, २७ पुस । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक नेपालमा हुने भएको छ ।

संयुक्त आयोगको बैठक छिट्टै नेपालमा आयोजना गर्न दुवै मुलुक सहमत भएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी सुष्मा स्वराजबीचको भेटवार्तामा यस्तो छलफल भएको हो।

हिजो नयाँ दिल्लीमा भएको भेटवार्तामा द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा गर्दै बैठकको मिति छिट्टै तय गर्र्नेबारेमा उहाँहरूबीच छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

‘बैठकमा दुई नेताबीच चालू द्विपक्षीय सहयोगका परियोजनाको प्रगतिको समीक्षा भएको छ, विभिन्न क्षेत्रमा भएको प्रगतिप्रति उहाँहरूले सन्तुष्टि व्यक्त गर्नुभएको छ।’ –दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।