अमेरिकी संसदको तल्लो सदनको सभामुखमा न्यान्सी चयन

अमेरिकी संसदको तल्लो सदनको सभामुखमा न्यान्सी चयन

एजेन्सी । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’को सभामुखमा डेमोक्र्याटिक पार्टीकी न्यान्सी पेलोसी फेरि चयन हुनुभएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसीलाई तल्लो सदनले सभामुखमा चयन गरेको हो । क्यालिफोर्निया राज्यबाट डेमोक्र्या्टिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुई पटक सभामुख भइसक्नु भएको छ ।

अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । त्यो चुनावमा रिपब्लिकन पार्टीले बहुमत गुमाएको थियो ।