आज कुष्माण्डा भगवतीको उपासना गर्ने दिन

आज कुष्माण्डा भगवतीको उपासना गर्ने दिन

आज विक्रम संवत् २०७४ साल आश्विन ८ गते आइतबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को चतुर्थी तिथि प्रातः ११।५४ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । विशाखा नक्षत्र विहानका राति ४।४८ बजेसम्म रहने छ । यसैगरी आज बैधृति योग र बब करण रहेको छ । सूर्योदय प्रातः ५।५३ बजे छ भने सूर्यास्त बेलुका ५।५६ बजे हुने छ ।
चन्द्रमा आज तुला राशिमा छन् । आज पश्चिम र दक्षिण दिशाको यात्रा शभदायी रहने छ । आज दुर्गा पक्षको चतुर्थी तिथि परेको छ । आज कुष्माण्डा चन्द्रघण्टा भगवतीको विशेष उपासना गर्ने दिन हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
सम्पर्क : ९८०३३४४४६४