विद्यालयका कर्मचारीलाई पनि ९८ दिन प्रसुति बिदा

विद्यालयका कर्मचारीलाई पनि ९८ दिन प्रसुति बिदा

काठमाडौं, २१ मंसिर । विद्यालयमा कार्यरत महिला कर्मचारीले पनि तलब सहित कम्तीमा ९८ दिन प्रसुति बिदा पाउने भएका छन् ।

महिला कर्मचारीलाई सुत्केरी हुनुअघि र पछि गरी तलब सहित कम्तीमा ९८ दिन बिदा दिन शिक्षा तथा मानव विकास स्रोत केन्द्रले आफ्ना मातहतका निकायलाई परिपत्र गरेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको दफा १३ को उपदफा १ मा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिने व्यवस्था अनुसार बिदा दिन निर्देशन दिइएको केन्द्रले जनाएको छ ।