यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट सुरु हुने

यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट सुरु हुने

काठमाडौं, १३ मंसिर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) चैत १० गतेबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसइई परीक्षाको तयारी भइरहेको बताउनुभयो ।

देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको डाटा इन्ट्रीको काम भइरहेको उहाँले बताउनुभयो । गत वर्ष नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी भएका थिए । प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने पौडेलको भनाई छ ।