लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

काठमाडौं, ९ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज शुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा १६ दिने अभियान मनाउने गरिन्छ ।

महिला तथा बालिकाहरुको मानवअधिकार संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सूनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि विभिन्न सचेतनामूलक काम हुँदै आएका छन् ।

यस वर्ष ‘लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराका साथ देशव्यापी रुपमा विभिन्न कार्यक्रम हुने सरकारले जनाएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अनुसार मन्त्रालयले सचेतनाका कार्यक्रम गर्नका लागि संघीय सरकारका मन्त्रालय तथा निकाय, सातैवटा प्रदेश सरकार, ७७ वटै जिल्ला मन्वय समिति, सातसय ५३ स्थानीय तह एवम् त्यसका वडाहरु, सरोकारवाला निकाय, विद्यालय लगाएतलाई अनुरोध गरेको छ ।