काठमाडौं, २ मंसिर । संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय गरेको हो ।
समिति अन्तर्गतको उपसमितिले सरोकारवालाहरुसँग छलफल गरिसकेको छ भने अब संशोधनमाथि दफावार छलफल हुनेछ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमै एजेण्डा बनाउने गरी विधेयक तयार गर्ने निर्णय भएको समितिका सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बताउनुभयो । संसदको हिउँदे अधिवेशन माघ पहिलो साता सुरु गर्ने तयारी छ ।