सबै स्थानीय तहमा महिला तथा बालबालिका शाखा खोलिने

सबै स्थानीय तहमा महिला तथा बालबालिका शाखा खोलिने

काठमाडौं, २९ कार्तिक । सरकारले सबै स्थानीय तहमा महिला तथा बालबालिका शाखा खोल्ने तयारी गरेको छ । देशभरका महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै महिला र बालबालिकाका विषय ओझेलमा परेको बेला महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले स्थानीय तहमा शाखा खोल्ने तयारी गरेको हो ।

महिला र बालबालिकाको लागि हुने कार्यक्रम, बजेट विनियोजन लगायतका कुरामा समस्या भएको गुनासो बढेपछि शाखा खोल्न लागेको मन्त्रालयले जनाएको छ । स्थानीय तहका उपप्रमुख र उपाध्यक्षको संयोजनमा रहेका न्यायिक समितिले पनि महिला र बालबालिकाको विषयलाई हेर्ने वातावरण बनाउन पनि यो शाखा महत्वपुर्ण हुने मन्त्रालयले जनाएको छ ।