सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको बताइएको छ।

प्राप्त जानकारीअनुसार पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको सुझाव संकलन कार्यक्रमका लागि सुर्खेत पुगेका बेला उनलाई नियन्त्रणमा लिइएको हो।

स्रोतका अनुसार पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ। सोही अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ।

यसैबीच, काठमाडौंको भैँसेपाटीस्थित पौडेलको निवासमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको जनाइएको छ। निवासबाट आवश्यक कागजात तथा प्रमाण संकलनको काम भइरहेको स्रोतहरूको दाबी छ।

घटनाबारे सम्बन्धित निकायले औपचारिक विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।