एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो।

भुटानका लागि डेचेन वाङ्मोले ३९ रनको योगदान दिइन्, जुन इनिङ्सकै सर्वाधिक रह्यो। छाडो ओमले ११ रन थपिन् भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालका लागि बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै Ruvina Chhetry ले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन्। Riya Sharma ले २ विकेट लिइन् भने कविता कुँवर र मनिषा उपाध्यायले समान १–१ विकेट लिए।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो।

नेपाल एक समय कमजोर अवस्थामा पुगे पनि आठौँ विकेटका लागि सीता राना मगर र रुविना क्षेत्रीबीच भएको ४० रनको साझेदारीले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएको थियो। सीता राना मगरले ३७ रन र रुविना क्षेत्रीले २४ रन जोडे।

भुटानका लागि सोनामले ३ विकेट तथा छिरिङ जाङ्मोले पनि ३ विकेट लिइन्। नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।