बर्षा र हुरीका कारण इटलीको जनजीवन प्रभावित

बर्षा र हुरीका कारण इटलीको जनजीवन प्रभावित

एजेन्सी । इटलीमा अविरल परेको पानी र तिब्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । पानीका कारण ईटलीका केही शहरहरु जलमग्न भएका छन् भने बाढीमा डुवेर अहिले सम्म आठ जनाको मृत्यु भैसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

बाढीका कारण राजधानीको झण्डै ७५ प्रतिशत भाग प्रभावित भएको छ । पानी र हुरीका कारण विद्यालय, कार्यालय तथा पर्यटकिय क्षेत्रहरु पनि बन्द गरिएका छन् ।