निर्मला पन्त प्रकरणमा एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

निर्मला पन्त प्रकरणमा एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

काठमाडौँ, ८ कार्तिक । सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।

कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीको सिफारिस गरेको थियो । आजै बिष्ट र इन्सपेक्टर जगदीश भट्टले सरकारलाई दोस्रो पटक स्पष्टीकरण बुझाएका थिए।