वीपी कोइरालाको सच्चा चेला बन्दै तरुण महासचिव भुपेन्द्र जंग शाही

वीपी कोइरालाको सच्चा चेला बन्दै तरुण महासचिव भुपेन्द्र जंग शाही

काठमाडौं । नेपाली कांग्रेसका सस्थापक नेता वीपी कोइराला राजनीतिज्ञ मात्र नभएर सफल साहित्यकार पनि थिए। वीपी कोइरालाका दर्जनौँ पुस्तकहरु प्रकाशित भएका छन्।

पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा लेख्ने पढ्ने सस्कृती बिस्तारै हराउँदै जान थालेको छ। कांग्रेसमा बिपिको चेलाको रुपमा आफुलाइ साहित्य संगितको क्षेत्रमा कलम चलाउने थोरै नेताहरु मध्ये प्रदिप गिरि, नरहरी आचर्य, बलदेब मजगैया, बिश्वप्रकाश शर्मा र भुपेन्द्र जंग शाही लगायत छन्।

नेपाल तरुण दलका महासचिव शाहीले वीपी कोइरालाको बाटो पछ्याउँदै संगितको क्षेत्रमा शाहीको शब्द रचनामा सबैको मन छुने सम्पूर्ण परदेशी मन र परदेशीका परिवारहरुको कथा, ब्यथा, दुख र मर्मसँग जोडिएको ‘मेरो मनको राजा’ गीत सार्वजनिक भएको छ । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

अति नै मार्मिक शब्दहरुले भरिएको उक्त गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ । गीतमा नव उदयमान संगीतकार रेखा पौडेलले संगित दिएकी छन् । म्यूजिक भिडियोको निर्देशन राजिव गुरुङले गरेका हुन् भने गीतमा नायिका तथा मोडल नम्रता सापकोटा र सञ्चारकर्मी एवम् मोडल विवेकसिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।

को हुन् शब्द रचनाकार ?

भूपेन्द्रजंग शाही सञ्चारमाध्याममा कुनै न कुनै रुपमा छाइरहने नाम हो । नेपाली कांग्रेसको तर्फबाट कालिकोटमा दुई पटक सांसदको उम्मेदवार भइसकेका शाही बहुप्रतिभाका धनि छन् । उनी नेपाल तरुण दलको बर्तमान महासचिव हुन् भने राजनीति भन्दा बाहिर उनी साहित्य र संगीतमा पनि त्यतिकै सक्रिय छन् ।

यसअघि पनि उनका गीतहरु रेकर्ड भईसकेका छन् । उनको तराजुमा माया र लासहरुको वस्ती गजल संग्रह प्रकाशित भएको छ । उनको ‘बन्दीगृह’ उपन्यास, नेपाल विद्यार्थी संघको विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका पनि प्रकाशित छन् । ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका थिए ।

भिडियोः