आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायूको प्रभाव सक्रिय रहँदा पूर्वी नेपालमा मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिणतर्फ सरेको छ भने पश्चिममा सरदर स्थानकै आसपास रहेको जानकारी महाशाखाले दिएको छ।

हाल मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।