आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन्।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा एक खर्ब रुपैयाँले बढी हो।