गभर्नर सिफारिस समितिबाट तीन जनाको नाम सिफारिस, अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्ने

गभर्नर सिफारिस समितिबाट तीन जनाको नाम सिफारिस, अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्ने

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको सिफारिस समितिले नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

अब समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को जारी बैठकले तीमध्ये एक जनालाई गभर्नर नियुक्त गर्नेछ।