मन्त्रिपरिषद् बैठक आज साँझ बालुवाटारमा, गभर्नर नियुक्तिको सम्भावना

मन्त्रिपरिषद् बैठक आज साँझ बालुवाटारमा, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सो छलफलपछि बैठक बोलाइएको हो। नियमित रूपमा सोमबार बस्ने तय भएको बैठक प्रधानमन्त्री ओलीको स्वास्थ्य कारण देखाउँदै स्थगित गरिएको थियो।

आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना रहेको चर्चा चलिरहेको छ।