

काठमाडौं । संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान ११ः०० बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम राखेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन्। त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तयारीमा छन्।
सांसद रणेन्द्र बराइलीले भने दलित समुदायमाथि भइरहेको भेदभावको विषयमा प्रकाश पार्दै ‘जरूरी सार्वजनिक महत्वको प्रस्ताव’ बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।