बाढीले भत्काएको बिपी राजमार्गको डाइभर्सन मर्मत, १३ घन्टापछि सडक पुनः सञ्चालनमा

बाढीले भत्काएको बिपी राजमार्गको डाइभर्सन मर्मत, १३ घन्टापछि सडक पुनः सञ्चालनमा

काठमाडौं । बिपी राजमार्गको माप्तीस्थित रोशी खोलामा आएको बाढीले सोमबार भत्काएको अस्थायी डाइभर्सन मर्मतपछि १३ घन्टापछि सडक पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार मर्मत सम्पन्न भएपछि राजमार्ग फेरि सञ्चालनमा ल्याइएको हो। रोशी गाउँपालिका–१२ को मंगलटारतर्फको खण्डमा बाढीले सोमबार राति थप क्षति पुर्‍याएको थियो।

स्थानीय र प्रहरीको पहलमा मंगलबार बिहानैदेखि सडक एकतर्फी रूपमा खुलाइएको हो। गत वर्ष असोजमा बाढीले राजमार्ग बगाएपछि सो स्थानमा अस्थायी डाइभर्सन बनाइएको थियो। यसपटकको अवरोधका कारण अलपत्र परेका १७ यात्रुको उद्धार गरिएको प्रहरी स्रोतले जनाएको छ।