

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भारत–पाकिस्तानबीच चुलिएको तनावबारे मुख खोलेका छन्।
युद्धको विषयमा हालसम्म सरकारसहित प्रमुख दलहरूले औपचारिक धारणा नबजाएका बेला शर्मा भने खुलेर बोलेका हुन्। उनले आतंकवाद मानव सभ्यताका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै यसविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन्।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै शर्माले लेखेका छन्, “भारतले आतंकवादविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। त्यसविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो।”
उनले शान्ति र स्थायित्व कायम राख्न आपसी सहकार्य आवश्यक भएको उल्लेख गर्दै आतंकवादलाई परास्त गर्न साझा प्रयासको खाँचो औंल्याएका छन्।